‘बन्की चरी’सँग रमाउने निश्चल र विपिन



रंगखबर, काठमाडौँ – ‘लै लै…’ गीतको सफलता पश्चात फिल्म ‘प्रसाद’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘बन्की चरी…’बोलको लोकसंग्रहमा कलाकार निश्चल बस्नेत र अन्जली अधिकारीले कम्मर मर्काएका छन् । अन्जु पन्त र रुपक डोटेलले स्वर दिएको गीतमा विपिन कार्कीले लिप्सिङ दिएका छन् ।

सुभाष भुसालको संगीत रहेको गीतको भिडियो निर्देशन शिव बिकले गरेका हुन् । दिनेश राउत निर्देशित फिल्ममा विपिन र निश्चलका अलावा नम्रता श्रेष्ठको मुख्य भूमिका छ ।

मंसीर २१ गते रिलिज हुने फिल्ममा सुशील पौडेलको लेखन, सुभाष थापाको लगानी, लोकेश बज्राचार्यको सम्पादन र राजेश श्रेष्ठको डिओपी छ ।

प्रतिक्रिया दिनुहोस्