पूजा र सुदर्शनको ‘सम्हालिन्छ कहिले मन’मा नयाँ हिरो फाईनल



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले नयाँ फिल्म निर्माणको थालनी गरेका छन् । सुदर्शनकै निर्देशन रहने फिल्मको नाम ‘सम्हालिन्छ कहिले मन’ जुराइएको छ । लभस्टोरी फिल्म बनाउन माहिर सुदर्शनले पछिल्लो रिलिज ‘रामकहानी’मा कमेडी फ्लेवर मिसाएका थिए ।

फिल्मको औसत सफलता पश्चात सुदर्शन पुन: लभस्टोरी ल्याउँदै छन् । त्रिकोणात्मक प्रेमकथा रहने फिल्ममा पूजा शर्माको मुख्य भूमिका रहनेछ । भने, अपोजिटमा लोकप्रिय युटुबर सोनम तोप्देन फाईनल भएका छन् । सुरिलो स्वरका धनी सोनमले युट्युबमा कभर गीत बनाउछन् । सोनम फाईनल भएको जानकारी फिल्मकी निर्मात्रीसमेत रहने पूजाले जानकारी दिईन । फिल्मका लागि अर्का लिड कलाकार तय भैसैकेका छैनन् । निर्माण पक्षले फिल्ममा पूजाको अपोजिट दुई लिड कलाकार हुने बताएको छ ।

यस म्युजिकल लभस्टोरीको नाम, गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’बाट सापटी लिईएको हो । फिल्मको शिर्ष गीत सुगमकै स्वरमा रहनेछ । छायाँकन डेट तय नभैसकेको फिल्मको अहिले गीत रेकर्डिङ धमाधम भैरहेको छ ।

सोनमको हिट भिडियो 

प्रतिक्रिया दिनुहोस्