‘चङ्गा चेट’का कमेडी पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । मल्टीस्टारर फिल्मका पोस्टरमा मुख्य कलाकारहरु प्रस्तुत गरिएको छ । तीनै पोस्टर कमेडी पृष्ठभुमिमा तयार छन्  ।

कार्तिक १६ गते रिलिज हुने डार्क कमेडी फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री, परमिता राज्यलक्ष्मी राणा, माओत्से गुरुङ, अर्पण थापा, शिशिर बाङ्देल,  सरिता गिरी, पुस्कर गुरुङलगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रदीप भारद्वाजले लेखेको फिल्ममा माधव वाग्ले र शर्मिला गुरुङको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्