२ वर्षकी बालिका, जब एक्लै अपार्टमेन्टमा थुनिन्छिन



रंगखबर, काठमाडौँ – बिभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा थुप्रै अवार्ड जितेर वाहवाही बटुलेको बलिउड फिल्म ‘पिहू’को ट्रेलर रिलिज भएको छ ।
राष्ट्रिय अवार्ड विजेता विनोद काप्री निर्देशित थ्रिलर ड्रामामा २ वर्षीय बालिका मायरा विश्वकर्माले शिर्ष भूमिका निर्वाह गरेकी छन् । सय मिनेट लामो फिल्ममा मायरा (पिहू) र उनकी आमा प्रेरणा शर्मा मात्र छन् ।

प्रेरणा आफ्नी २ वर्षकी छोरीसँग अपार्टमेन्टमा सुतिरहेकी छन् । प्रेरणाको गहिरो निन्द्रामा परेर मृत्यु हुन्छ । दुई वर्षकी बालिका ‘पिहू’ १२ घण्टा भन्दा लामो समय एक्लै घरमा थुनिन्छिन । उनि आमालाई उठाउन खोज्छिन, तर सक्दिनन् ।त्यसपछि २ वर्षे बालिकाका डरलाग्दा हर्कत सुरु हुन्छन । ‘पिहू’ उक्त अपार्टमेन्टबाट निस्कन सक्छिन त ? फिल्मको ट्रेलरले अन्त्यमा दर्शकमाँझ कौतुहलता छोडेको छ ।

सन् २०१४ मा निर्देशक काप्रीले ४ वर्षीय बालिकाको यस्तै सत्यघटना पढ्न पाएका थिए । राष्ट्रिय दैनिकमा छापिएको उक्त ‘आर्टिकल’मा आधारित रहेर उनले ‘पिहू’ तयार गरेका हुन् । निर्देशनका हिसावले उनको यो दोस्रो फिचर फिल्म हो ।

सन् २०१५ मा ‘मिस टनकपुर हाजिर’को फिल्म निर्देशन गरिसकेका काप्रीले ‘कान्ट टेक दिस सिट एनिमोर’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय अवार्डसमेत जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्