‘चङ्गा चेट’को पोस्टर चोरिएकै हो त ?



रंगखबर, काठमाडौँ – प्रचारका लागि एवं फिल्मको कथासार बुझाउनका लागि पोस्टर निर्माण गर्ने गरिन्छ । २ घण्टा लामो फिल्म बनाउनु र त्यसलाई एउटा पोस्टरको माध्यमबाट दर्शक माँझ पुर्याउनु आफैमा गाह्रो काम पनि हो ।

पोस्टर जति सृजनात्मक भयो, त्यति नै उक्त फिल्मको भ्यालु बढ्छ । तर, कहिले काहिँ नेपाली फिल्मका पोस्टर बलिउड र हलिउडसँग मिल्न जाँदा सम्वन्धित फिल्मले आलोचना थेगिरहेका हुन्छन । सम्झिनेको हो भने बलिउड/हलिउड प्रभावित/चोरी गरेर तयार गरिएका पोस्टर नेपाली फिल्म थुप्रै छन् ।

पछिल्लो रिलिज ‘चङ्गा चेट’को एक पोस्टर बलिउड कमेडी फिल्मबाट चोरिएको/प्रभावित छ । यो पोस्टर ‘धमाल’, ‘लगे रहो मुन्ना भाई’ र ‘नवावजादे’ फिल्मको कन्सेप्टसँग दुरुस्तै मिल्छ । बलिउड फिल्मका पोस्टरमा थोरै कलाकार छन्, ‘चङ्गा चेट’मा धेरै । यी पोस्टरको भिन्नता यति मात्र हो ।

‘पशुपति प्रसाद’ जस्तो लोकप्रिय फिल्म बनाएका निर्देशक दीपेन्द्र के खनालले ‘चङ्गा चेट’ निर्देशन गरेका हुन् । प्रत्येक फिल्ममा ‘एक्सपेरिमेन्ट’ गर्न माहिर निर्देशक, पोस्टरमा भने बलिउडबाट प्रभावित भएका छन् ।

कार्तिक १६ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, सन्दीप क्षेत्री, परमिता राज्यलक्ष्मी शाह, रविन्द्रा झा, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्