Surprise: दीपिका प्रशाईले खुलाइन प्रेमी



रंगखबर, काठमाडौँ – निर्देशक दीवाकर भट्टराईले फिल्म ‘ऐश्वर्य’बाट नव-नायिका स्वरुप दीपिका प्रशाईलाई भित्र्याए । ‘ऐश्वर्य’ हिट भएपछि दीपिकाले ‘छक्का पन्जा ३’ जस्तो ब्राण्डसँग काम गर्ने मौका पाइन् ।

‘ऐश्वर्य’ गर्दाताका नै दीपिका र निर्देशक दीवाकरबीच प्रेमसम्बन्ध रहेको गाँइगुँइ नसुनिएका होइनन् । तर, दुवैले मिडियासामु आफ्नो प्रेमसम्बन्ध लुकाए ।

अन्तत: ‘छक्का पन्जा ३’को सफलता पश्चात दीपिकाले आफ्नो प्रेमी सार्वजनिक गरिदिएकी छन् । निर्देशक भट्टराईसँगको तस्विर प्रोफाइल बनाउँदै, उनले लेखेकी छन् ‘एण्ड हि इज माइन फरेवर ।’

उता भट्टराईले पनि त्यहिँ फोटो कभरमा राख्दै ‘एण्ड सि इज माइन फरेवर ।’ केहि दिन अगाडी ‘छक्का पन्जा ३’ हेरेपछि, दीवाकरले अभिभाकत्व झल्किने स्टाटस लेख्दै दीपिकालाई बधाई तथा सुभकामना दिएका थिए ।

हलिउड, बलिउडसँगै नेपाली फिल्ममा पनि पछिल्लो समय प्रेम सार्वजनिक गर्ने प्रचलन ह्वात्तै बढेको छ । दीपिका र दीवाकरले करिअरको सुरुवातीमै प्रेमसम्बन्ध सार्वजनिक गर्दा फ्यान तथा फिल्मकर्मी सरप्राइज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्