‘चङ्गा चेट’ शिर्ष गीतमा बेरोजगारीको पिडा



रंगखबर, काठमाडौँ – फिल्म ‘चङ्गा चेट’को शिर्ष गीत सार्वजनिक भएको छ । स्याड भर्सनको गीतमा फिल्मका मुख्य पात्र आयुषमान देशराज जोशीको पिडा पोखिएको छ । फिल्मका अन्य कलाकार पनि प्रस्तुत गरिएको गीतले बेरोजगारीको पिडा बोल्छ ।

गीतमा कोशिस क्षेत्रीको शब्द, संगीत र स्वर छ । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा आयुषमानका अलावा प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री, परमिता राज्यलक्ष्मी राणा, शिशिर बांग्देल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय छ ।

कार्तिक १६ गते रिलिज हुने फिल्म गीत/संगीत, स्टारकास्ट र ट्रेलरका कारण प्रतिक्षित छ ।

प्रतिक्रिया दिनुहोस्