‘गोजीमा दाम छैन’को १५ मिलियन भ्युज, संगीतकारलाई उपहार



रंगखबर, काठमाडौँ – फिल्म ‘चङ्गा चेट’ले राजधानीमा सक्सेस केट काटेको छ । ‘गोजीमा दाम छैन…’को १५ मिलियन भ्युज र सफलताको खुसियाली साट्दै मिडिया माँझ केक काटिएको हो ।

केक काट्ने कार्यक्रममा गीतका गायक तथा संगीतकार राजनराज सिवाकोटीलाई उपहार स्वरुप ५० हजारको चेक पनि हस्तान्तर गरियो । निर्माता माधव वाग्लेले, सिवाकोटीलाई चेक थमाउदै भने ‘यो कुनै पारिश्रमिक होइन । गीतले करोड माथि भ्युज बटुल्यो भने उपहार दिन्छौँ भनेका थियौँ । सोहि अनुरुप ५० हजार उपहार प्रदान गर्दछौँ ।’

‘गोजीमा दाम छैन…’ बोलको गीत चार्टबस्टरमा हिट बनेपछि ‘चङ्गा चेट’को हाइप बढेको छ । फिल्ममा आयुषमान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, परमिता राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री, सुरक्षा पन्त, माओत्से गुरुङ, शिशिर बांग्देललगायतका कलाकारको अभिनय छ । तर, मंगलबार सम्पन्न प्रेसमिटमा सुरक्षा पन्त र परमिता राज्यलक्ष्मी शाह मात्र उपस्थित थिए ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म कार्तिक १६ गते रिलिज हुँदैछ । फिल्ममा माधवसँगै शर्मिला पाण्डे पनि लगानी छ ।

भिडियो हेर्नुस :

 

प्रतिक्रिया दिनुहोस्