‘केदारनाथ’ टिजर, भारतीय मिडिया लेख्छन ‘विवादमा फस्न सक्छ’



रंगखबर, काठमाडौँ – बलिउडको प्रतिक्षित फिल्म ‘केदारनाथ’को टिजर रिलिज भएको छ । सुशान्त सिंह राजपुत र सारा अलि खान अभिनित फिल्मले, केदारनाथ प्राकृतिक प्रकोपको बेला एक प्रेम जोडीले भोग्नु परेको उतारचढावको कथा बोल्छ ।

टिजर सार्वजनिक भएसँगै ‘केदारनाथ’को चौतर्फी चर्चा सुरु भएको छ । भारतीय मिडियाले लेखे अनुसार टिजरमा विवादित दृश्यहरु पनि समावेश गरिएको छ । अभिनेता सैफ अलि खानकी छोरी साराले यहिँ फिल्मबाट डेब्यु गर्दैछिन् । टिजरमा सारा र सुशान्तको लिपलक पनि समावेश गरिएको छ ।

अभिषेक कपूर निर्देशित फिल्म डिसेम्बर ७ मा रिलिज हुँदैछ । सम्भावित विवादलाई मध्येनजर गर्दै फिल्मी पण्डितले, ‘केदारनाथ’ भन्दा अगाडी साराको ‘सिम्बा’ रिलिज हुन् सक्ने औंल्याएका छन् । यति त्यस्तो भयो भने साराको डेब्यु फिल्म ‘सिम्बा’ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्