रेखाको आफ्नै ट्रेन्ड, महिला सशक्तिकरण



रंगखबर, काठमाडौँ – रेखा थापा नेपाली फिल्म उद्योगमा सबैभन्दा लामो समय राज गर्ने अभिनेत्री हुन् । डेब्यु फिल्म ‘हिरो’बाटै दर्शक माँझ छाप छोडेकी रेखाले डेढ दशक बढी अभिनयमा बिताइसकेकी छन् । र, अभिनयको शिलशिला जारी नै छ ।

रेखा भन्छिन ‘बलिउड, हलिउडमा ४० वर्ष पार हुँदा पनि महिला लिड रोलमै हुन्छन । नेपालमा भने अभिनेताको हकमा अभिनेत्रीलाई हेर्ने दृष्टिकोण कमजोर छ । ३० वर्ष काटेपछि हिरोइनमा चल्दैन । बुढी भयो भन्ने धारणा छ ।’ उनि थप्छिन् ‘यो त सरासर गलत हो । यदि समानताको कुरा गर्छौ भने यहाँ पनि बराबर हुनु पर्छ ।’

रेखाले ३५ वर्ष पार गरिसकेकी छन् । तर, पनि मुख्य भूमिकामा देखिने भुत अहिलेसम्म हटेको छैन । ५० वर्ष पुग्दासम्म पनि अभिनयमै रमाउने रेखाको चाहना छ । सुरुवाती करिअरमा ‘हट एण्ड बोल्ड’ अवतारमा प्रस्तुत हुने रेखा पछिल्लो समय महिला शशक्तिका मुद्दामा फिल्म बनाइरहेकी छन् । यसैविच बालबिवाह, बलात्कारविरुद्द ‘मालिका’ लिएर दर्शक माँझ आएकी छन् ।

पछिल्लो समय राजनीतिमा पनि होमिएकी रेखाले, फिल्मको माध्यमबाट महिला हिँसाविरुद्द आवाज उठाइरहेकी छन् । गत वर्ष रिलिज भएको ‘रुद्रप्रिया’मा महिला एसिड आक्रमणको कथा उठाएकी थिइन् । त्यसअघि रिलिज भएका ‘रामप्यारी’, ‘हिम्मतवाली’, ‘रावण’, ‘काली’, ‘लंका’जस्ता फिल्ममा रेखा आफै हिरोको रुपमा प्रस्तुत भएकी थिइन् । जुन फिल्म बक्सअफिसमा सफल पनि भए ।

पारिवारिक फिल्मले दर्शक रिझाउन छोडेपछि फरकधारको फिल्मी ट्रेन्ड आयो । त्यसपछि कमेडीले बजार खाइरहेको छ । ट्रेन्डमा रहेर सेफ ल्याण्डीङ खोज्ने भन्दा पनि रेखा समाज परिवर्तनका मुद्दामा फिल्म निर्माण गरिरहेकी छन् ।

उसो त ‘मालिका’मा ट्रेन्डमा रहेका कलाकार नलिई, विषयबस्तुको धरातलबाट कमला वलीलाई मुख्य भूमिकामा डेब्यु गराएकी छन् । ‘मालिका’ कार्तिक १६ गते अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्