२४ बर्ष पछि यस्तो बन्यो ‘आज हाम्रो भेट भाको दिन’को रिमेक- भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ –  प्रतिक्षित मानिएको फिल्म ‘ब्रेक अप‘को पहिलो गीत सार्वजनिक भएको छ । ‘आज हाम्रो भेट भाको दिन’ बोल रहेको उक्त गीत आज भन्दा करिब २४ वर्ष अघि प्रदर्शन भएको फिल्म ज्वालाबाट लिईएको हो । प्रदर्शन भएको २४ बर्ष पछि उक्त गीतको रिमेक बनेको हो । उक्त गीतमा अभिनेता सरोज खनाल, नायक आशिरमान देशराज जोसी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ र ईच्छा कार्कीको बेजोड नृत्य देख्न सकिन्छ । गीतको ओरिजिनल भर्सनमा आशा भोस्ले र उदित नारायण झाले स्वर दिएका थिए भने रिमेक भर्सनमा मेलिना राई र विराज गौतमको स्वर सुन्न सकिन्छ । गीतमा बुद्धविर लामाको शब्द, भेषराज पाण्डे र गायक स्वयम् कै संगीत रहेको छ।

यहि पौष २७ गतेबाट अल नेपाल प्रदर्शन हुन् लागेको फिल्मको कथा र निर्देशन हेमराज बिसीले गरेका छन भने रुपक थापा, दीपक खतिवडा, रेणु राना र हेम राज बिसीको लगानी रहेको छ । फिल्ममा आशिरमान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्के, रेमन दास श्रेष्ठ र सरोज खनालको मुख्य अभिनय रहेको छ ।
गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्