कतारी मायाको यादमा वर्षा र सोनीकाको ठुम्का



रंगखबर, काठमाडौँ – फिल्म ‘चौका दाउ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो माया कतारमा’ बोलको गीतमा सोनीका केसी र वर्षा राउतले कम्मर मर्काएका छन् । अफ्गानी फ्लेवर मिसाइएको आइटममा सोनीकाले बेली प्रस्तुत गरेकी छन् ।

बसन्त श्रेष्ठले कोरियोग्राफी भरेको गीतमा सुमन गुरुङ र शम्भुजित बाँस्कोटाको स्वर छ । गीतमा श्रीपुरुष ढकालको शब्द र शम्भुजित स्वयम्को संगीत सिर्जना छ ।

‘चौका दाउ’मा सन्तोष पन्त, तैयाब शाह, विल्सनविक्रम राई, रविन्द्र झा, वर्षा राउत, निर्मल शर्मा, अजश्र ढुंगाना, सोनीका केसीलगायतका कलाकारको अभिनय छ ।

पुर्नेंदु झा निर्देशित फिल्ममा शम्भुजितको कथा, मित्र डी गुरुङको सम्पादन र  दिर्घ गुरुङको छायाँकन छ । पुष २७ गते रिलिज हुने फिल्मलाई शुर्याजित बाँस्कोटा र मनोजराज भण्डारीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्