जिरो पोस्टर: होचा शाहरुखको जोडी कोसँग सुहायो ?



रंगखबर, काठमाडौँ – बहुप्रतिक्षित बलिउड फिल्म ‘जिरो’को २ ओटा अफिसियल पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा शाहरुख खान, अभिनेत्री कट्रिना कैफ र अनुष्का शर्मासँग रोमान्टिक देखिएका छन् ।

आनन्द एल राई निर्देशित फिल्ममा शाहरुख होचो कदमा देखिएका छन् । होचो कदकै कारण ‘जिरो’ निर्माण समयदेखि नै चर्चामा छ । पोस्टरमा कट्रिना स्वाभाविक कदमा देखिएकी छन् । भने, शाहरुख होचा छन् । जुन दृश्य रमाइलो लाग्छ ।

 

त्यस्तै दोस्रो पोस्टरमा अनुष्कालाई ह्विलचियरमा देख्न सकिन्छ । भने, होचा शाहरुख ह्विलचियर डण्डीमा बसेका छन् । शाहरुख, कट्रिना र अनुष्काको टिम बक्सअफिसमा सफल मानिन्छ । यसअघिको ‘जब तक हे जान’लाई दर्शकले अत्याधिक रुचाएका थिए ।

 

 

View this post on Instagram

 

Iss poori duniya mein, meri barabari ki ek hi toh hai… #ZeroPoster @anushkasharma @aanandlrai @RedChilliesEnt @cypplofficial

A post shared by Shah Rukh Khan (@iamsrk) on

शाहरुखले आफ्नो जन्मदिनको अवसरमा ‘जिरो’को ट्रेलर सार्वजनिक गर्दैछन । २१ डिसेम्बरमा रिलिज हुने फिल्ममा सलमान खान, काजोल, दीपिका पादुकोण, रानी मुखर्जी, श्रीदेवी, आलिया भट्ट, करिश्मा कपूर, जुही चावला र आर माधवन केमियो रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्