ओनिअन फिल्म्सको आयोजनामा ६ दिने फिल्म मेकिङ्ग वोर्कसप सुरु



रंगखबर, काठमाडौँ- ओनिअन फिल्म्सको आयोजनामा फिल्म मेकिङ्ग वर्कसप सुरु गरेको छ । धुलिखेलमा अवस्थित धुलिखेल रेसिडेन्ट रिसोर्टमा ६ दिन सम्म आयोजना हुने उक्त तालिममा निर्देशन, छायांकन, लेखन तथा पटकथा, सम्बन्धि तालिम दिईनेछ । ३० अक्टुबर देखि  ४ नोभेम्बर सम्म सन्चालन हुने उक्त कार्यक्रममा फिल्म मेकिङ्ग पढ्दै गरेका विभिन्न जिल्लाहरुका  २५  जना युवतीहरु सहभागी भैरहेका छन ।

उक्त तालिममा निर्देशन सम्बन्धि तालिम निर्देशक सम्झना उप्रेती रौनिहारले दिदै छिन भने छायांकन सम्बन्धिको तालिम  उज्ज्वल बस्ताकोटीले दिदैछन , त्यसै गरि पटकथा तथा लेखन लागि मनोज पण्डितले तालिम दिने भएका छन । सो  कार्यक्रमले फिल्म मेकिङ्ग पढ्दै गरेका विद्यार्थीहरुमा बौद्धिक क्षमता तथा सिप विकासमा मदत पुग्नेमा आयोजक ढुक्क छ ।

प्रतिक्रिया दिनुहोस्