सुरु भयो इजरायली फिल्म महोत्सब



रंगखबर, काठमाडौँ-  इजरायली एम्बेसी र गेट कलेज को आयोजनामा १२ औ इजरायली फिल्म महोत्सब सुरु भएको छ। नोवेम्बेर २ देखि ४ गते सम्म ठमेल स्थित छाया सेन्टरको QFX सिनेमामा इजरायली फिल्महरु देखाइनेछ। महोत्सब को उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि रबिन्द्र प्रसाद अधिकारीले गरेका छन्। उक्त समारोहमा बोल्दै मन्त्रि अधिकारीले यस्ता कार्यक्रमले नेपाल र इजरायल को सम्बन्ध प्रघाढ़ बनाउन मद्दत गर्ने बताए।

इजरायली फिल्म मार्फत नेपाली दर्शकले इजरायल को एतिहासिक सास्कृतिक मूल्य मान्यता बारे जानकारी पाउने बिश्वास लिइएको छ। उद्घाटन समारोहमा बलिउड अभिनेत्री मनिषा कोइरालाको पनि उपस्थिति रहेको थियो। नेपालका लागि इजरायली राजदुत एच. इ. बेनी ओमेरले महोत्सबमा देखाइने चलचित्रको बारे जानकारी दिए।

महोत्सबमा देखाइने फिल्महरु यस प्रकार छन्

शुक्रबार, नोभेम्बर २ 
३.०० बजे: पर्सनल अफेयर्स- निर्देशक महा हाज 
६. ०० बजे: फूटनोट – निर्देशक योसेफ सेडर 

शनिबार नोभेम्बर ३ 
३.०० बजे, वेडिंग डल – नित्जान गिलाडी 
६.०० बजे, द रेड लिभ्स – निर्देशक बाजी गेटे  

आईतबार, नोभेम्बर ४ 
३.०० बजे, सेभिङ्ग नेता –  निर्देशक निर बर्गमन 
६.०० बजे, द वोंडरफुल किङ्गडम – निर्देशक तल बर्डा र नॉम पिन्चास 

प्रतिक्रिया दिनुहोस्