जन्मदिनमा शाहरुखको उपहार, ‘जिरो ट्रेलर’



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानले आफ्नो ५३औँ जन्मदिनमा फिल्म ‘जिरो’को ट्रेलर सार्वजनिक गरिदिएका छन् । नोभेम्बर २ जन्मेका शाहरुखले फ्यानलाई उपहार स्वरुप फिल्मको ट्रेलर दिएका हुन् ।

बहुप्रतिक्षित फिल्ममा शाहरुख होचा व्यक्तिको भूमिकामा छन् । ट्रेलरमा उनको लभ केमेस्ट्री अभिनेत्री कट्रिना कैफ र अनुष्का शर्मासँग देखाइएको छ । कट्रिना फिल्म भित्र सेलेब्रेटीको भूमिकामा छिन् । भने, अनुष्का अशक्त युवतीको भूमिकामा ।

रोमान्स किङको उपाधि पाएका शाहरुखले ट्रेलरमा केहि प्रेमिल संवाद बोलेका छन् । जुन, ट्रेलरको सर्वाधिक बलियो पक्ष हो । खस्किदै गएको शाहरुखको क्रेजलाई ‘जिरो’ले उकास्ने अनुमान गरिएको छ ।

फिल्मलाई आनन्द एल राईले निर्देशन गरेका हुन् । २१ डिसेम्बरमा रिलिज हुने फिल्ममा सलमान खान, काजोल, दीपिका पादुकोण, रानी मुखर्जी, श्रीदेवी, आलिया भट्ट, करिश्मा कपूर, जुही चावला र आर माधवन केमियो रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्