रिलिज तय गर्दै ‘डोली’को फर्स्टलुक पोस्टर आउट



रंगखबर, काठमाडौँ – मंसीरको रिलिज मितिसहित फिल्म ‘डोली’को फर्स्टलुक पोस्टर सार्वजनिक भएका छन् । सामाजिक प्रेमकथानक फिल्म मंसीर २८ मा रिलिज हुनेछ । फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

निर्देशक सानेकै स्क्रिप्ट रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतमलगायतका कलाकारको अभिनय छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा सिडी अधिकारी/बाबुल गिरी/ पुरुषोत्तम न्यौपानेको संगीत, शंकर महर्जनको द्वन्द, श्रीकृष्ण परियारको कोरियोग्राफी र जयराम थापाको छायाँकन छ ।

‘लाटी’, ‘वृन्दाबन’ र ‘बिरंगना’जस्ता फिल्म निर्देशन गरिसकेका सानेले ‘डोली’ले मनोरंजनसँगै सामाजिक संदेश पनि दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्