रंगखबर, काठमाडौँ – प्रतिक्षित फिल्म जात्रै जात्राको अफिसियल टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ फिचर्ड छन । जसमा उनिहरु काठमाडौँबाट भाग्दै गरेको देखिन्छ । यो शृंखलामा भने अभिनेता दयाहाङ राईको पनि इन्ट्री भएको छ भने फिल्मकि मुख्य अभिनेत्री वर्षा राउत भने देखिएकी छैनन् ।
टिजर हेर्नुस :
प्रदीप भट्टराईले निर्देशन र लेखन रहेको फिल्ममा सिंगे लामा र यादव पौडेलको लगानी रहेको छ भने कार्यकारी निर्माताका रुपमा रविन्द्र सिंह बानियाँ रहेका छन । टिजर रिलिजसँगै आम दर्शक माझ फिल्म अझ धेरै प्रतिक्षित पनि बनिरहेको छ । यही कात्तिक २६ गतेदेखि छायांकन सुरु हुने फिल्मको प्रदर्शन भने आगामी फागुन १७ गतेलाई तोकिएको छ ।