आकाशले ‘बिर बिक्रम२’ छोड्नुको कारण यस्तो



रंगखबर, काठमाडौँ – केहि दिन अघि मात्र ब्याण्ड बाजाका साथ तामझाम गरेरे औपचारिक घोषणा गरेको फिल्म बिर बिक्रम २ बाट अभिनेता आकाश श्रेष्ठले हात झिकेका छन । आफ्नो व्यक्तिगत कारण देखाउदै आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै फिल्म छोडेको घोषणा गरेका हुन् । उनको स्ट्याटस यस्तो छ:

‘सबै भन्दा पहिला त क्षमा प्राथि छु ! मैले खेल्ने भनिएको चलचित्र बिर बिक्रम म मेरो हजुर बुबा बिरामि भएको हुदा उहाको उपचारमा समय दिनु पर्ने कारण ले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु ! मिलन दाई संग काम गर्न पाउनु मेरो लागि ठुलो सौभाग्य थियो र खुसि पनि थिए तर यो टिमलाई साथ दिन सकिन । म आवद्ध नभएपनि ‘बिर बिक्रम २’ लाई सफलताको शुभकामना छ। आगामी दिनमा निर्देशक तथा निर्माता मिलन चाम्स दाईसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद !’

फिल्ममा यस अघि आकाश श्रेष्ठ, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामांगहरु लिड रोलमा देखिने भएका थिए । निकै नै आशा गरिएको फिल्म बिर्बिक्रम२ बाट आकाशले हात झिके पछि अब भने उक्त फिल्मका लागि को हेरो फाइनल हुने छन त्यो हेर्न बाँकी नै छ । यहि कार्तिकको अन्तिम साताबाट फ्लोरमा जना लागेको फिल्मलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन ।

जे होस् मिलन चाम्स जस्तो कुशल निर्देशकसँग काम गर्ने मौका गुमाउदा उनको सुरु हुदै गरेको करियर माथि कस्तो असर पर्ला त्यो भने समयले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस्