आकाशले छोडेको २४ घण्टा नबित्दै ‘बिर बिक्रम २’मा भयो पलको इन्ट्री



रंगखबर, काठमाडौँ –  फिल्म ‘बिर बिक्रम२’ बाट नायक आकाश श्रेष्ठले  ब्यतिगत कारण देखाउँदै  हात झिकेको खबर २४ घण्टा  बित्न नपाउदै फिल्ममा अर्का नयाक पल शाहको इन्ट्री भै सकेको छ । सोमबार चलचित्र निर्माण टिम र नायक पल शाह बिच कागजी सम्झौता भएको छ । अब भने फिल्ममा बर्षाको अपोजिटमा नायक पल शाह फाइनल हुने पक्का भएको छ । वर्षा र पलका अलावा नाजिर हुसेन, बुद्धि तामांग, मनिष लिम्बुको पनि फिल्ममा मुख्य भूमिका रहेको छ ।

फिल्म यहि कार्तिकको अन्त्य तिर फ्लोरमा जाने तयारी भै रहेको छ । फिल्मलाई मिलन चाम्सले निर्देशन गर्दैछ्न ।

प्रतिक्रिया दिनुहोस्