रंगखबर, काठमाडौँ – यहि माघ २५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म प्रेम लीलाको पहिलो गीत सार्वजनिक गरिएको छ । जाने क्या हुवा बोल रहेको उक्त हिन्दी गीत पहिलो पहिलो पटक नेपाली फिल्ममा देखिएको हो । गीतमा फिल्मका लिड कलाकार दीप शिखा खड्का र अलि खानलाई रोमान्टिक मूडमा देखा परेका छन । राजन हसन र सोमी सैलेशको आवाज रहेको गीतमा रविराज शाहको संगीत र डा. सागरको शब्द तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
गीत हेर्नुस :
नेपाली युवती र भारतीय युवाको कथा प्रस्तुत गरिएको फिल्ममा जनक पाण्डेको निर्देशन छ । फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहलगायतका कलाकारको अभिनय छ । नानीमैयाँ कार्कीले निर्माण गरेको फिल्मका लागि दीपशिखा स्वयम्ले कथा लेखेकी हुन् ।