‘सम्हालिन्छ कहिले मन’मा पूजाले लिईन यति धेरै पारिश्रमिक



रंगखबर, काठमाडौँ- केहि दिन अघि मात्र औपचारिक घोषणा गरिएको फिल्म सम्हालिन्छ कहिले मनका लागि अभिनेत्री पूजा शर्माले महङ्गो पारिश्रमिक लिएर फिल्म साईन गरेकी छिन ।  उनले सो फिल्मका लागि १५ लाख पारिश्रमिक लिएकी छिन ।ए.वि प्रोडक्सनको ब्यानरमा निर्माण हुन् लागेको फिल्ममा अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापा निर्माताले लगानी गर्दैछन ।

त्रिकोणात्मक प्रेमकथा रहने फिल्ममा पूजा शर्माको मुख्य भूमिका रहनेछ । भने, अपोजिटमा लोकप्रिय युटुबर सोनम तोप्देन फाईनल भएका छन् । सुरिलो स्वरका धनी सोनमले युट्युबमा कभर गीत बनाउछन् ।  फिल्मका लागि अर्का लिड कलाकारका आकाश श्रेष्ठ पनि फाईनल भै सकेका छन ।  छायाँकन डेट तय नभैसकेको फिल्मको अहिले गीत रेकर्डिङ धमाधम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्