आयो ‘समर लभ’को अफिसियल पोस्टर



रंगखबर, काठमाडौँ – चर्चित उपन्यासकार सुबिन भट्टराईले लेखेको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म बन्ने खबरसँगै फिल्मको चर्चा अहिले शिखरमा पुगेको छ। अब भने यसै फिल्मको ४ पोस्टरहरु सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्रहरु सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री देखिएका छन । फिल्मले पोस्टर रिलिजसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्म यहि आउँदो ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै माघ २५ गतेबाट अल नेपाल प्रदर्शन हुदैछ ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माणमा बनेको फिल्ममा मुस्कान ढकालको निर्देशन, सुबिन भट्टराईको कथा तथा सामीप्यराज तिमल्सेनाको पटकथा र खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ। बिनोद अधिकारी कार्यकारी निर्माता रहेका फिल्ममा  पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्