‘दाल भात तरकारी’को शुभ-मुर्हतमा निर्माण टिमले खुलाए स्वस्तिमा बाहिरिनुको रहस्य – भिडियो सहित



रंगखबर, काठमाडौँ-   अभिनेता, निर्माता तथा लेखक हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसरमा कमलादी गणेश मन्दिरमा, मह सञ्चारको प्रस्तुती र किरण केसीद्वारा निर्माण फिल्म “दाल भात तरकारी “को शुभ मुर्हत गरिएको छ । शुभ मुर्हतमा लगभग चलचित्रका सबैजसो कलाकारहरुको उपस्थिति रहेको थियो ।

शनिबारदेखि छायाँकनका लागि जाने फिल्म “दाल भात तरकारी”का लागि अभिनेत्री निरुता सिंह छिट्टै नै नेपाल आउने तयारीमा रहेको जानकारी निर्माण टिमको छ । मदन कृष्ण श्रेष्ठ ,हरिबंश आचार्य, किरण केसी , बसुन्धरा भूषाल, राजाराम पौडेल, पुष्प खड्का र आँचल शर्मा,शम्भुजित बाँस्कोटा,चलचित्र “दाल भात तरकारी “का निर्देशक सुदन केसी लगायत चलचित्र क्षेत्रका अन्य व्यक्तित्वको मुर्हतमा उपस्थिति थियो ।

भिडियो हेर्नुस :

फिल्म  बैशाख १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्