जुनमा हङकङमा अवार्ड हुने



रंगखबर, काठमाडौँ- एभरेष्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडको आयोजनामा सन् २०१९ को जुन महिनामा हङकङमा नेपाली चलचित्रको अवार्ड हुने भएको छ । उक्त अवार्डमा २१ विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । सन् २०१८ मा रिलिज भएका नेपाली चलचित्रहरुले यो अवार्डमा सहभागीता जनाउनेछन् ।

हङकङको “क्विन एलिजावे स्टेडियम ” मा यो अवार्ड आयोजना हुने जानकारी आयोजकले हङकङमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् ।अवार्डको लागि नेपाल तर्फ़ बाट संयोजन ” संगिक्षा फिल्मस्” ले गर्नेछ । उक्त पत्रकार सम्मेलनमा संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीको पनि उपस्थित थियो ।अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा जी एम ठकुरी, लोकराज लिम्बु, लिलेश्वरी खड्का, सञ्जु भट्ट रहेका छन् । अवार्डको संयोजकको रुपमा शान्ती नेपाली रहेकी छिन् । उक्त अवार्डमा चलचित्र क्षेत्रमा विशेष योगदान पुरयाउने बिशिस्ट चलचित्रकर्मीलाई ” लाइफ टाइम एचिभमेन्ट अवार्ड ” बाट सम्मानित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्