स्पाइडर म्यानका परिकल्पनाकार अमेरिकी लेखक स्ट्यान लीको निधन



रंगखबर, काठमाडौँ- स्ट्यान लि , मार्भल कमिक्सका  लेखक , एडिटर  र पब्लिसर को ९५ बर्षको उमेरमा निधन भएको छ।  सोमबार बिहान सेदर्स सिनाई मेडिकल सेन्टर लस यनजेलसमा लि ले अन्तिम सास लिए।

१९३९ मा बिजिनेस सुरु गरेका ली , ब्ल्याक प्यान्थर , स्पाइडर म्यान , एक्स मेन , थोर ,आइरन म्यान , फ़्यनट्यस्टिक फोर , हल्क लगायत अनगिन्ति कमिक क्याराक्टरका रचयिता हुन्। मार्भललाई उनले एक सानो उद्ध्यमबाट विश्वकै नम्बर १ कमिक बुक पब्लिशर बनाए। उनको अनुमानित सम्पति ७० मिलियन डलर को छ।

लिको जीवनका उतरार्ध साल अलि कठिन रहे। २०१७ मा उनकी श्रीमतीको मृत्यु भयो। उनले आफ्नो एक्स म्यानेजर माथि फ़्रड को मुद्धा चलाए। जुन २०१८ मा उनि माथि पनि दुरुपयोगको छानबिन भैरहेको खुलाशा भएको छ।

स्ट्यान लि को कथाले आफू भित्र पनि सुपर हिरो हुने कुरामा बिश्वास दिलाएको छ। साथै सुपर हिरो को जिबनमा त कठिनाई आउँछ भने साधारण असजिला परिस्थितिको सामना गर्न सक्नपर्छ भन्ने शिक्षा पनि दिएको छ।

मृत्यु पश्चात पनि स्ट्यान लि आफ्ना सुपर हिरोहरुका कथामा जीवित रहनेछन।

प्रतिक्रिया दिनुहोस्