‘जात्रै जात्रा’को अष्ट्रेलिया राइट्स यति महङ्गो रकममा बिक्री



रंगखबर, काठमाडौँ- विपिन कार्की र बर्षा राउतको मुख्य भूमिका रहने फिल्म जात्रै जात्राको अहिले धमाधम छायांकन भै रहेको छ। जात्राको पहिलो सिरिज सफल भएपछि अहिले दोश्रो सिरिज पनि दर्शक माझ प्रतिक्षित बनि रहेको छ । अब भने जात्रै जात्राको टिमका लागि खुसिको खबर आएको छ । केहि दिन अघि टिजर सार्वजनिक भएको फिल्म रिलिज अघि नै अष्ट्रेलिया राईट्स बिक्रि भै सकेको छ त्यो पनि महँगो रकममा । फिल्मको  ३५ लाख रुपैयामा बिक्रि भएको जानकारी बाहिरिएको छ । उक्त कुराको जानकारी होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टका आयोजकले दिएका हुन् ।

षट्कोण आर्टस् प्रा लि को ब्यानर मा निर्मित फिल्म यहि फागुन १७ गतेबाट रिलिज हुने तयारीमा रहेको छ । फिल्ममा प्रदीप भट्टराईले निर्देशन र लेखन सिंगे लामा र यादव पौडेलको लगानी रहेको छ भने  कार्यकारी निर्माताका रुपमा रविन्द्र सिंह बानियाँ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्