कन्फर्म: प्रदिप र साम्राज्ञी एक साथ



रंगखबर, काठमाडौँ- युवा दर्शकका ढुकढुकी हुने कलाकारद्वय प्रदिप खड्का र साम्राज्ञी आर. एल. शाह । दुवैले सँगै फिल्म खेल्ने हल्ला यो भन्दा पहिले नचलेको भने हैन तर अब भने दुवै एकै साथ स्क्रिन सेयर गर्ने फिक्स भै सकेको छ । निर्देशक हेमराज बिसीको नयाँ फिल्ममा यी दुईको जोडीलाई दर्शकले हेर्न पाउँने छन । उक्त फिल्म प्रदिपले केहि दिन अघि नै साईन गरिसकेका थिए भने साम्राज्ञीले शुक्रबार मात्र महँगो पारिश्रमिक रु १५ लाख लिदै साईन गरेकी छिन ।

सो फिल्मको छायांकन भने हेमराज बिसीको प्रदर्शनरत फिल्म ‘द ब्रेकअप’ पछि सुरु हुने खबर पनि बाहिरिएको छ । प्रदिप अहिले ‘लभ स्टेसन’को छायांकनमा ब्यस्त छ्न भने साम्राज्ञीले पनि चाडै नै नवल नेपालको नयाँ फिल्म सुरु गर्दैछिन । आफ्नो छुट्टै क्रेज बनाई सकेका यी दुईलाई दर्शकले जोडीको रुपमा कतिको रुचाउने छन त्यो त समयले नै बताउला ।

प्रतिक्रिया दिनुहोस्