गरुड पुराण: फस्टलुक पोस्टर र रिलिज डेट सार्वजनिक



रंगखबर, काठमाडौँ- नायक नाजीर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गरुड पुराण’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र नाजिर व्यान्ड मास्टरका रुपमा देखा परेका छन । उनिसँगै कर्मा, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियँका सिंह ठकुरी पनि अटाएका छन । पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि तय भै सकेको छ । माघ ४ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् भने सुवास कोइरालाले निर्देशन गरेका छन ।

कशम नेपालको कथा र आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास कोइरालाको संवाद, रेनेशा वान्तवा राईको कोरियोग्राफी, कोशिस क्षेत्रिको  संगीत, सुसन प्रजापतिको छायाँकन र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्मलाई  मोफसलमा एफडी कम्पनी र काठमाडौंमा स्टेशन फाईब कम्पनि ले वितरणको जिम्मा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्