माघमा ‘न यता न उता’



रंगखबर, काठमाडौँ- त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा निर्माण भएको फिल्म “न यता न उता “को रिलिज डेट फाइनल गरिएको छ । फिल्म माघ २५ गतेदेखि  अल नेपाल रिलिज हुदैछ । कमेडी जनरमा बनेको फिल्मको  रिलिज डेट वितरकको सहमतीमा माघ २५ लाई पक्का गरिएको हो । ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा निर्माता रहेका छन्  । राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको नृत्य, अरोन अशोक कुमारको छायाँकन, मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद रहेको फिल्ममा विपिन मल्लको सम्पादन रहेको छ ।

ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामा आदि कलाकारको अभिनय रहेको फिल्मलाई  रहेका छन् । मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्