राष्ट्रपतिको १८ करोडको गाडीको रेखाले गरिन बिरोध



रंगखबर, काठमाडौँ- अभिनेत्री रेखा थापा कुनै न कुनै खबरले गर्दा हेडलाईनमा आई नै राख्छिन । भर्खरै फिल्म मालीका बनाएकी उनि अहिले भने राष्ट्रपति बिद्या भण्डारीका कारण चर्चामा छिन । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका निम्ति १८ करोडको गाडी माग भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यस्तै क्रममा नायिका एवं राजनीतिज्ञ रेखा थापाले राष्ट्रपतिको १८ करोडको कारको बिषयमा आफ्नो भनाई सार्वजनिक गरेकी छिन । उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै यस्तो भनेकी छिन :

उनको स्ट्याटस यस्तो छ : 

‘कुरा १८ करोडको गाडीको होइन । यो धेरै ठुलो रकम पनि नहोला नेपाली जनता लाई । तर अठार जना छोरीले आफु यो देशको राष्ट्र प्रमुख हुने सपनादेख्छन त ? यो लगानिले देश लाई के दिन्छ?’

 

 

 

प्रतिक्रिया दिनुहोस्