सुश्री सम्पत्तिको अफिसियल पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ- आउँदो मङ्सिर १८ लाई प्रदर्शन मिति तय गरेकी फिल सुश्री सम्पत्तिको अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्रहरु सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने अटाएका छन । हाल पोस्ट प्रोडक्सनमा रहेको फिल्म मुख्य ३ पात्रहरुको कथामा घुमेको छ । फिल्मको ट्रेलर यहि साता भित्र सार्वजनिक गर्ने जानकारी पनि निर्माण टिमले दिएको छ ।

रमेश त्वायना प्रस्तुतकर्ता तथा रंगपत्रकार सुव्रत आचार्यले निर्देशन गरेको फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहेको छ । फिल्ममा सलोन, सारा र विनोदका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने  प्रियंका कार्कीको पनि केमियो रोल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्