दुर्घटनामा परे विपिन कार्की



रंगखबर, काठमाडौँ- नायक विपिन कार्की दुर्घटनामा परेका छन् । हाल फिल्म प्रसादको प्रमोसनमा ब्यस्त रहेका विपिन अहिले ‘जात्रै जात्रा’को छायांकनमा पनि उत्तिकै खटिरहेका छन । फिल्म छायांकनको लागि जाने क्रममा आज बिहान करिब ७.४५ बजे कालिमाटीमा दुर्घटनामा परेका हुन् । अहिले उनको बयोधा हस्पिटलमा उपचार भईरहेको छ ।

निर्देशक प्रदिप भट्टराईले दिएको जानकारी अनुसार खासै डराउनु पर्ने नभए पनि खुट्टामा भने विपिनको चोट लागेको छ । मोटरसाइकल चालक फरार भए पनि प्रहरीलाई खबर गरिसकेको पनि जानकारी पनि भट्टराईले दिए ।

फोटो : जय होस डट कम 

प्रतिक्रिया दिनुहोस्