भ्लगिस्ट सलिनमान चैत्रमा यात्रा लिएर आउँदै



रंगखबर, काठमाडौँ- पहिलो फिल्मबाट नै चर्चाको शिखर  चुमेका नायक हुन् सलिनमान बनियाँ । उनै सलिनको दोश्रो फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को रिलिज मिति सार्वजनिक भएको छ । अब भने सो फिल्म चैत्र २९ गतेबाट अल नेपाल प्रदर्शन हुने भएको छ ।


सम्राट शाक्यको निर्देशनमा केशव भट्टराई तथा सुशील पोखरेलको लगानी रहेको फिल्ममा सलिनमान भ्ल्गिस्टको भूमिकामा देखा पर्दैछन । सलिनसँगै फिल्मममा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्