शाहरुख खानलाई पर्यो अहिले सम्म कै ठुलो संकट



रंगखबर, काठमाडौं-  बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जीरो’ संकटमा परेको छ । फिल्मका निर्माताहरु र अभिनेता शाहरुख खानबिरुद्ध मुद्दा दायर भएको छ । दायर मुद्दा माथि मुम्बई उच्च अदालतले ३० नोबेम्बरमा सुनवाई गर्दैछ ।

ट्रेलरमा सिख समुदायको भावनाहरू माथि आहात गरेको मुद्दामा दावी गरिएको छ । वकील अमृतपाल सिंहका अनुसार यसै महिनाको सुरुमा सिख समुदायका खालसाले मुद्दा दायर गरेर अदालतमा निर्देशक र निर्मातालाई शाहरुखले ‘कृपाण’ भिरेको दृश्य हटाउन निर्देशन दिन माग गरेका छन्।

मुद्दामा केन्द्रीय फिल्म प्रमाण बोर्ड (सीबीएफसी) सँग पनि फिल्मलाई प्रमाणपत्र नदिन र यदि दिएको भए त्यसलाई रद्द गर्न अपील गरिएको छ । खालसाले सोमवार न्यायधीश बी पी धर्माधिकारी र न्यायधीश एस वी कोतवालको बेन्च समक्ष मुद्दा बारे उल्लेख गरेका हुन् । जसमाथिको सुनवाई ३० नोबेम्बरमा हुनेछ ।

मुद्दामा भनिएको छ फिल्मको ट्रेलरमा शाहरुख खान गन्जी र हाफपान्टसँग गलामा ५०० को नोटको माला लगाएर गलामा ‘कृपाण’ लगाएको देखाइएको छ । खालसा भन्छन् ‘कृपाण ‘रहमत मर्यादा’ अर्थात सिख धर्म अपनाएपछि मात्र लगाउन पाइन्छ ।’

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्