“सगरमाथा म्युजिक अवार्ड्”मा  शिल्पालाई उत्कृष्ट मोडलको अवार्ड



रंगखबर, काठमाडौँ-  सफल फिल्म ‘लज्जा’बाट नेपाली सिने वृत्तमा उदाएकी नायिका हुन् शिल्पा पोखरेल । पहिलो फिल्म नै आर्यन सिग्देलसँग काम गरेकी उनले त्यस पछि हवल्दार सुन्तली, किस्मत २, फागु, मङ्गलम जस्ता फिल्ममा आफ्नो अभिनय कला देखाई सकेकी शिल्पाले मङ्गलमबाट भने अझ राम्रो प्रतिक्रिया पाएकी थिईन ।

अहिले उनलाई म्युजिक भिडियो खेल्न भ्याइनभ्याइ छ । सोमबारमा मात्र संम्पन्न भएको  “सगरमाथा म्युजिक अवार्ड्”मा  शिल्पाले उत्कृष्ट मोडलको अवार्डको अवार्ड हात परेकी छिन । उनले मिलिना राईको आवाज रहेको तिमी देखि टाढा बोलको गीतबाट उत्कृष्ट मोडलको अवार्ड जितेकी हुन् । सो खुसी उने आफ्नो फेसबुकमा साट्दै सबैलाई धन्यबाद दिएकि छिन।

प्रतिक्रिया दिनुहोस्