निश्चल बस्नेतको आइटम गीत सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ- केहि दिन अघि मात्र अफिसियल पोस्टर सार्वजनिक गरिएको फिल्म गरुड पुराणको आइटम गीत सार्वजनिक भएको छ । म त् पिरिममा बोल रहेको उक्त गीतमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह र अन्जली योञ्जनले कम्मर भाचेका छन । कोशिश छेत्री र मनिषा पोखरेलको आवाज रहेको गीतमा संगीत पनि कोशिश कै रहेको छ ।

नाजीर हुसेनको मुख्य भूमिका रहेको फिल्मलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् भने सुवास कोइरालाले निर्देशन गरेका छन । कशम नेपालको कथा र आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास कोइरालाको संवाद, रेनेशा वान्तवा राईको कोरियोग्राफी, कोशिस क्षेत्रिको  संगीत, सुसन प्रजापतिको छायाँकन र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्मलाई  मोफसलमा एफडी कम्पनी र काठमाडौंमा स्टेशन फाईब कम्पनि ले वितरणको जिम्मा लिएका छन् । फिल्म माघ १८ गते  रिलिज हुदैछ ।
गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्