गोपीको पहिलो गीत रिलिज



रंगखबर, काठमाडौँ-  विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउत स्टारर फिल्म गोपीको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक लक्ष्मी कहिले खाली बोल रहेको उक्त गीतमा बर्षा र विपिन फिचर्ड छन । भजन स्टाईलमा बनेको उक्त गीतलाई ध्रुव विस्को र अन्जली रेग्मीले आवाज दिएका छन । अर्जुन पोखरेलको संगीतले सजिएको गीतमा बुद्धि सागरले शब्द भरेका छन । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा मणिकर्ण केसीले लगानी गरेका छन । गीत हेर्नुस:

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिना अवगत गराउँछन् । काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।

प्रतिक्रिया दिनुहोस्