प्राविधिक संघ अध्यक्षमा पुष्कर लामाद्धारा उम्मेदवारी घोषणा



रंगखबर, काठमाडौँ- चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी पुस ११ गते चुनावी साधारण सभा हुँदैछ । दोस्रो कार्यकालका लागि लामाले अध्यक्षमा पुनः दाबी प्रस्तुत गरेका हुन् । प्राविधिक संघ नेपाली फिल्म टेक्निसियनको छाता संस्था हो । संस्थासँग १५ सय भन्दा बढी सदस्य छन् । अन्य आधा दर्जन प्राविधिकले नेतृत्वका लागि दाबी गरेपनि पहिलोपटक लामाको औपचारिक घोषणा भएको हो ।

लामो समयदेखि फिल्म निर्माण नियन्त्रणमा सक्रिय लामा सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष भएका हुन् । सामाजिक पहिचानको छवि बनाएका लामा प्राविधिकको हकहित र वृत्ति विकासमा खटिने अध्यक्षको रुपमा चिनिन्छन् । उनका निकटवर्ती उनको कार्यकालको सफलता यसलाई मान्छन् ।

 

प्रतिक्रिया दिनुहोस्