‘सुश्री सम्पत्ती’को ट्रेलर सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ-  फिल्म सुश्री सम्पत्तीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा मुख्य पात्रहरु सलोन, सारा र बिनोद प्रस्तुत भएका छन । कमेडी जनरमा बनेको फिल्मको ट्रेलर निकै रमाइलो बनेको छ । ट्रेलरमा प्रमोद अग्रहरीलाई भिलेनको भूमिकामा देखाईएको छ ।

रमेश त्वायना प्रस्तुतकर्ता तथा रंगपत्रकार सुव्रत आचार्यले निर्देशन गरेको फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहेको छ । फिल्ममा सलोन, सारा र विनोदका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने  प्रियंका कार्कीको पनि केमियो रोल रहेको छ । फिल्म यहि मङ्सिर २८ गतेबाट अल नेपाल प्रदर्शन हुदैछ ।

ट्रेलर हेर्नुस:

प्रतिक्रिया दिनुहोस्