कामना अवार्ड: अनमोल, बेनिशा र ‘लिलिबिली’ उत्कृष्ट (सुचीसहित)



रंगखबर, काठमाडौँ – चौथों संस्करणको ‘सिजी कामना फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत वर्ष प्रदर्शनमा आएका फिल्महरु ३१ विधामा मनोनित थिए । उत्कृष्ट पाँचको मनोनयनमा भोटिंग सिस्टम प्रयोग गरि विजेता छानिएको आयोजकले बताएको छ ।

यसपटक उत्कृष्ट फिल्मको अवार्ड ‘लिलिबिली’ले आफ्नो पक्षमा पारेको छ । यो वर्ष सम्पन्न अवार्डमा ‘लिलिबिली’ले उत्कृष्ट फिल्मको विधामा कब्जा जमाउँदै आइरहेको छ । र, यो शिलशिला कामना अवार्डसम्म आइपुगेको छ । त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड अनमोल केसीको पोल्टामा परेको छ । भने, अभिनेत्रीमा बेनिशा हमालले बाजी मारेकी छन् । अनमोलले ‘कृ’ र बेनिशाले ‘ब्लाइन्ड रक्स’बाट अवार्डमा कब्जा जमाएका हुन् ।

‘लिलिबिली’ले सर्वाधिक पाँच विधामा अवार्ड जित्दा ‘शत्रुगते’ले सर्वाधिक चार विधाका अवार्ड आफ्नो पक्षमा पार्यो । नवनिर्देशक तर्फ ‘घामपानी’बाट दीपेन्द्र लामाले अवार्ड जिते । त्यस्तै अभिनेत्री प्रियंका कार्कीलाई स्टार अफ द ईयर घोषित गरियो ।

फिल्म क्षेत्रमा अतुलनिय योगदान पुर्याएका महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश वरिष्ठ आचार्य र संगीतकार शम्भुजित बाँस्कोटालाई लाइफटाइम अवार्डबाट सम्मानित गरियो ।

अवार्ड विजेताहरुको पूर्ण सुची यसप्रकार छ;

उत्कृष्ट फिल्म: लिलिबिली
उत्कृष्ट निर्देशक: मिल​न​ चाम्स​ – लिलिबिली
उत्कृष्ट नवनिर्देशक: दीपेन्द्र लामा – घामपानी
उत्कृष्ट अभिनेता: अनमोल केसी – कृ
उत्कृष्ट अभिनेत्री: बेनिशा हमाल – ब्लाइन्ड रक्स

स्टार​ अफ​ द ईय​र​: प्रियंका कार्की
उत्कृष्ट नवअभिनेता: आशिर​मान​ देश​राज​ जोशी – ग्याङ्ग​स्ट​र​ ब्लुज
उत्कृष्ट नवअभिनेत्री: जसिता गुरुङ – लिलिबिली
उत्कृष्ट सहअभिनेता: शिव​ह​री पौडेल ​- श​त्रुग​ते
उत्कृष्ट सहअभिनेत्री: वर्षा राउत – छक्का पञ्जा २

उत्कृष्ट खलपात्र​: र​मेश​ र​ञ्ज​न​ झा – श​त्रुग​ते
उत्कृष्ट हास्य कलाकार: राजाराम पौडेल – म यस्तो गीत गाउँछु
उत्कृष्ट बालकलाकार: कुशाग्र भट्टराई – पिंजडा ब्याक अगेन
उत्कृष्ट कथा: दीपेन्द्र लामा – घामपानी
उत्कृष्ट पटकथा: दीपकराज गिरी/प्रदीप भट्टराई – श​त्रुग​ते

उत्कृष्ट संवाद: हरिवंश आचार्य/प्रदीप भट्टराई – श​त्रुग​ते
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी – ‘सम्झनाको सारंगी’ – संरक्षण
उत्कृष्ट संगीतकार: अर्जुन पोखरेल – ‘तिमी रोएको पल’ – ऐश्वर्य
उत्कृष्ट पार्श्वगायक: सुगम पोखरेल – तिमी रोएको पल/ऐश्वर्य
उत्कृष्ट पार्श्वगायिका: बानिका प्रधान – ‘उड्यो मन’ – ब्लाइन्ड रक्स

उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज – ‘कुटुमा कुटु’ – दुई रुपैयाँ
उत्कृष्ट द्वन्द निर्देशक: हिमाल केसी – पिजंडा ब्याक अगेन
उत्कृष्ट छायाँकन: पुरुषोत्तम प्रधान – कृ
उत्कृष्ट सम्पादन: सुरेन्द्र पौडेल – कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिष कार्की – लिलिबिली

उत्कृष्ट ध्वनी मिश्रण: मुकेष शाह – लिलिबिली
उत्कृष्ट श्रृंगार: शंकर थापा – घामपानी

जुरीतर्फ

अभिनेता: र​मेश​ बुढाथोकी – भुईमान्छे
फिल्म: भुईमान्छे
​खलपात्र: सुनिल​ थापा – शेर​ ब​हादुर​
ब​र्ष​ थिएट​र​: बिरेन्द्र​ ह​माल​ – माला आर्ट​

प्रतिक्रिया दिनुहोस्