एक्सन प्रधान ‘रणवीर’को टिजर रिलिज



रंगखबर, काठमाडौँ – एक्सन फिल्म ‘रणवीर’को टिजर सार्वजनिक भएको छ । फिल्म को शिर्ष भूमिकामा सुशील सिटौला छन् । टिजरमा भरपुर एक्सनका दृश्यसँगै सुशील र कलाकार प्रशान्त ताम्राकारविचको टकरावलाई प्रस्तुत गरिएको छ ।

टिजरले साउथ इन्डियन एक्सन फिल्मको झ-झल्को दिन्छ । केहि घतलाग्दा र डरलाग्दा संवादले टिजर हेर्न लायक बनेको छ । फिल्ममा सुशील र प्रशान्तका अलावा सुभेक्षा खड्का, सुपुष्प भट्ट, हरिहर शर्मा, टिका पहारी, रवि गिरी, नरेश पौड्याल, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिस रिमाल,शैलेश्वरी सिंह, बसन्ती भट्टलगायतका कलाकार अभिनय छ ।

फिल्मको कथा, पटकथा, संवाद र निर्देशनको काम गोविन्द सिंह भण्डारीले गरेका हुन् । माघ १ गते रिलिज हुने फिल्ममा हर्कुलस बस्नेत/अमित श्रेष्ठ/सुशान्त गौतमको संगीत, चन्द्र पन्तको एक्सन, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डिओपी रहेको छ ।

फिल्मलाई गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्