दोस्रो ‘आइवार्ट महिला चलचित्र महोत्सब’मा ज्योत्सनाको फिल्म प्रथम



रंगखबर, काठमाडौँ – दोस्रो ‘आइवार्ट महिला चलचित्र महोत्सव’ राजधानीमा सम्पन्न भएको छ । १० देशका १२ फिल्मको प्रतिस्पर्धा रहेको महोत्सवमा फिल्म ‘अग्यानस्ट अल अड’बाट ज्योत्सना सिंह ठकुरी प्रथम पुरस्कार जितेकी छन् । उनले २५ हजार नगदसहित प्रमाणपत्र हात पारिन ।

महोत्सबमा फिल्म ‘स्टोरी अफ स्कुल’बाट बिद्या चापागाईंले दोस्रो स्थान हात पार्दा, फिल्म ‘वि क्यान’बाट निशा मानन्धरले तेस्रो स्थान हाँसिल गरिन । दोस्रो र तेस्रो हुने दुवैलाई दोसल्ला ओढाएर टोकन अफ लभसहित प्रमाणपत्र प्रदान गरियो ।

महोत्सबको जुरीमा निर्देशक सम्झना उप्रेती रौनियारसँगै तीन जनाको समुह थियो ।

रेडियो, टेलिभिजनमा काम गर्ने महिलाहरुको अन्तर्राष्ट्रिय संस्था (आइवार्ट)’को नेपाल च्याप्टरले संचारिका समुहसँगको सहकार्यमा आइतबार नाँचघरमा महोत्सब सम्पन्न गरेको हो ।

‘महिला फिल्म निर्माताको लेन्सबाट हेरौँ’ भन्ने मूल नाराका साथ सम्पन्न महोत्सबको संयोजकमा अनुपा श्रेष्ठ थिइन् । फिल्म प्रतियोगिताको संयोजकमा नीता सापकोटा रहेकी थिइन् । मन्टेश्वरी राजभण्डारी आइवार्ट नेपाल च्याप्टरका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्