मिस वर्ल्डको टप ३० मा नेपाल, शृंखलाले जितिन मल्टीमिडिया अवार्ड



रंगखबर, काठमाडौँ – मिस वर्ल्ड २०१८ को टप ३० मा नेपालले पनि स्थान बनाउन सफल भएको छ । चिनको सान्यामा जारी प्रतियोगितामा मल्टीमिडिया अवार्ड जित्दै शृंखला खतिवडाले नेपालको लागि टप ३० को सिट सुरक्षित गरेकी हुन् ।

मल्टीमिडिया अवार्डको फाइनल ३ मा नेपालसँगै मेक्सिको र केन्या पुगेका थिए । दुवै देश क्रमस दोस्रो र तेस्रो भए । अब नेपालले डिसेम्बर ८ मा सम्पन्न हुने फाइनलमा सिधै सहभागिता जनाउन पाउनेछ ।

 

 

View this post on Instagram

 

TODAY AT MISS WORLD | 2018. . After careful deliberation and viewing of all multimedia videos from the contestants for two separate awards, a panel of Miss World Multimedia Experts including Mr Tang – deputy chief of Sanya Tourism came to a decision on who would be in the top 5 for the Sanya tourism video award based on creative content, use of various editing software and displaying knowledge of Sanya. The 2nd was the overall Multimedia Award based on all social media platforms, audience engagement, creative content and influence, which secures the winner with a place in the top 30 of Miss World Final 2018. The Top 3 Overall Multimedia Finalist are: 1. Nepal 2. Mexico 3. Kenya . . Succefully securing her place in the Final of Miss World 2018 goes to Nepal. . Multimedia Award Overall Winner: Congratulations | NEPAL. . Our Miss World 2018 Sanya Tourism Video Challenge, result top 5 were:. . 1. Kenya 2. China PR 3. Nepal 4. Puerto Rico 5. England. . Sanya Tourism Award Congratulations | KENYA . . #missworld #mw2018 #mwo #mw2018sanya #mw2018china #missmundo #mwmultimediachallenge

A post shared by Miss World (@missworld) on

त्यस्तै टुरिजम भिडियो च्यालेन्जको उपाधि जित्दै केन्याले पनि टप ३० मा स्थान बनाएको छ । यो विधाको टप ५ मा केन्यासँगै चिन, नेपाल, पुइट्रो रिको र इंग्ल्याण्ड पुगेका थिए । यी देशले क्रमस दोस्रो देखि पाँचौं स्थान हाँसिल गरे ।

टप ३० मा यसअघि नै भारत, सिंगापुर, थाइल्याण्ड, मेक्सिको, युगान्डा, भेनेजुइला, म्युरीटिएस, बंगलादेश, चिली, मलेसिया, फ्रान्स र जापानले स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्