सिम्बा ट्रेलर: ‘म पुलिसवाला बने, पैसा कमाउन’



रंगखबर, काठमाडौँ – रणवीर सिंह स्टारर फिल्म ‘सिम्बा’को धमाकेदार ट्रेलर  रिलिज भएको छ । पूर्ण कमर्सियल ट्रेलरको अन्त्य र सुरुवातमा ‘सिंघम’ अभिनेता  देवगणलाई पनि प्रस्तुत गरिएको छ ।

फिल्मको कथा सुपरहिट फिल्म ‘सिंघम’बाट उठाइएको छ । ट्रेलरको सुरुवातमा अजयले ‘सिंघम’का केहि दृश्य सम्झदै ‘सिम्बा’को परिचय दिन्छन । तब, रणवीर उर्फ ‘सिम्बा’को इन्ट्री हुन्छ । ‘सिंघम’ जस्तै पुलिस भएपनि ‘सिम्बा’ले पैसाको लागि यो पेसा अंगालेको ट्रेलर,मा देखाइएको छ । जहाँ ‘सिंघम’ यसको विरोधमा थिए ।

फिल्ममा रणवीरको अपोजिट उदाउँदो तारा सारा अलि खान छिन् । साराको यो दोस्रो फिल्म हो । डेब्यु फिल्म ‘केदारनाथ’ आगामी शुक्रबार रिलिज हुँदैछ । पहिलो फिल्म रिलिज पुर्व नै अत्याधिक चर्चा कमाएकी साराबाट बलिउडले निक्कै आशा गरेको छ । ‘सिम्बा’मा सोनु सुध

करण जोहरले निर्माण गरेको ‘सिम्बा’लाई रोहित सेट्टीले निर्देशन गरेका हुन् । बलिउड बक्सअफिसका बादशाह मानिने रोहितको ‘सिम्बा’ले पनि बक्सअफिस तताउने अनुमान गरिएको छ । फिल्म डिसेम्बर २८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्