‘समर लभ’की ‘साया’ सार्वजनिक



रंगखबर, काठमाडौँ – लभस्टोरी फिल्म ‘समर लभ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘साया’ शिर्षकको प्रेमिल गीतमा मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्री फिचरिङ छन् ।

पुष्पन प्रधानको शब्द, संगीत रहेको गीतलाई सिंगापुरका रमणीय दृश्य माँझ खिचिएको छ । पुष्पन र बनिका प्रधानले स्वर भरेको गीत सुरिलो छ । भिडियोका दृश्यहरुले गीतलाई हेर्न लायक बनाएका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

मुस्कान ढकाल निर्देशित फिल्मको पटकथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । फिल्ममा आशिष र रेवतीका अलावा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिकलगायतका कलाकारको अभिनय छ ।

माघ २५ मा रिलिज हुने फिल्म चर्चित लेखक सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित छ । फिल्मको टिजर पनि सार्वजनिक भैसकेको छ । फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्