अनमोल र सुहानाको केमेस्ट्री (फोटोफिचर)



रंगखबर, काठमाडौँ – अभिनेत्री/निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’ मार्फत आफ्नो छोरी सुहाना थापालाई अभिनयमा डेब्यु गराएकी छन् । जुन फिल्मको छायाँकन अन्तिम चरण तिर पुग्दैछ ।

लभस्टोरी फिल्ममा सुहनाले अभिनेता अनमोल केसीसँग जोडी बाँधेकी छन् । त्यसैले यो जोडीलाई लिएर दर्शक प्रतिक्षामा छन् । कस्तो देखिएला त केमेस्ट्री ? दर्शक प्रतिक्षा मध्येनजर गर्दै निर्माण पक्षले फिल्मका केहि तस्विरहरु सार्वजनिक गरेको छ । जसले प्रतिक्षाको प्यास मेटाउने छ ।

सार्वजनिक तस्विरमा अनमोल र सुहानाको केमेस्ट्री महसुस गर्न सकिन्छ । मनाङमा छायाँकन गरिएको गीतका केहि तस्विरमा सुहाना बोल्ड रुपमा खुलेकी छन् । भने, अनमोल रोमान्टिक देखिन्छन । हिमाली दृश्यका अगाडी दुवै जनाको कालो ड्रेस मज्जाले खुलेको छ ।

फिल्ममा अनमोल एक सेलेब्रेटी र सुहाना फ्यानको भूमिकामा छिन् । केहि दिन अगाडी कामना अवार्डमा अनमोलले अवार्ड ग्रहण गरेको दृश्य खिचिएको थियो ।

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा सलोन बस्नेत, रविन्द्र झा, अर्पण थापालगायतका कलाकारको पनि अभिनय छ । चैत २९ रिलिज डेट तय गरिएको फिल्ममा कल्याण सिंह/कोशिस क्षेत्री/प्रतिक पौडेल/आशिष अविरलको संगीत, निर्देशक थापा/सुमन पौडेलको कथा, रोशन श्रेष्ठको द्वन्द र संजय लामाको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस्