आर्यन, प्रियंका, स्वस्तिमासँगै निरुता पनि ‘हजार जुनी सम्म’मा



रंगखबर, काठमाडौँ – फिल्म ‘नाइँ नभन्नू ल ५’को केमियो पश्चात अभिनेत्री निरुता सिंहको कमब्याक जबर्जस्त बाटोमा हिँडेको छ । उनि ठुला व्यानरको नजर परिरहेकी छन् । अहिले महजोडीको ‘दाल भात तरकारी’को छायाँकनमा व्यस्त गरेकी निरुताले नयाँ प्रोजेक्ट साइन गरेकी छन् ।

‘नाइँ नभन्नू ल’ निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने ‘हजार जुनी सम्म’मा निरुता फाइनल भएको निर्माण पक्षले जानकारी दिएको छ । फिल्ममा निरुताको लिड रोल रहने बताइएपनि भूमिकाको बारेमा खुलाइएको छैन । स्क्रिप्ट राइटर सामीप्यराज तिमिल्सिनाका अनुसार निरुतालाई यसपटक भिन्न भूमिकामा देख्न पाइनेछ ।

‘हजार जुनी सम्म’मा आर्यन सिग्देल, प्रियंका कार्की र स्वस्तिमा खड्का यसअघि नै फाइनल भैसकेका थिए ।

निरुता यसअघि प्रदीप खड्काको ‘लभ स्टेसन’मा अनुबन्धित भएकी थिइन् । पारिवारिक समस्याले अन्तिम समयमा उक्त फिल्म छोड्नु परेको थियो । त्यस्तै सुदर्शन थापा र पूजा शर्माको ‘सम्हालिन्छ कहिले मन’मा पनि निरुताले काम गर्ने कुरा छ । तर, आधिकारिक रुपमा जानकारी बाहिरिएको छैन ।

तस्विर: गुगल

प्रतिक्रिया दिनुहोस्