‘छक्का पन्जा ३’को ५१ दिने सक्सेस पार्टी



रंगखबर, काठमाडौँ – असोज २४ गते रिलिज भएको फिल्म ‘छक्का पन्जा ३’ले राजधानीमा ५१ दिने सक्सेस पार्टी सम्पन्न गरेको छ । भव्य सक्सेस पार्टीमा ‘छक्का पन्जा ३’लाई सफलताको बाटो तर्फ लम्काउन मद्दत गर्ने कलाकार, प्राविधिक, वितरक, हल व्यवसायी र पत्रकारलाई ट्रफीका साथै सम्मान पत्र प्रदान गरियो ।

पार्टीमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य सहित कलाकार करिश्मा मानन्धर, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, केदार, घिमिरे, जितु नेपाललगायत उपस्थित थिए । फिल्मको मुख्य कलाकार दीपिका प्रशाई र ‘छक्का पन्जा’ क्याम्पकी फेवरेट कलाकार प्रियंका कार्की भने पार्टीमा उपस्थित भएनन् । पार्टीमा फिल्म क्षेत्रका अन्य व्यक्तित्वहरुको पनि उपस्थिति थियो ।

दीपाश्री निरौला निर्देशित फिल्मले राजधानीका सिभिल मल, बिग मुभिज, एफक्युब, बिजी मल, गोपीकृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स, बाराही मुभिज र गंगा सिनेमा गरि ९ हल र मोफसल तर्फ कालिका सिनेमा (बुटवल), जलमा (नारायणगढ), बागेश्वरी (नेपालगन्ज), र विन्दवासिनी (पोखरा)मा ५१ दिने प्रदर्शन पुरा गरेको थियो ।

सरकारी विद्यालय र निजी विद्यालयविच हुने राजनीतिक विभेदको कथालाई प्रस्तुत गरेको फिल्ममा दीपकराज गिरी, दीपिका प्रशाई, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, स्वस्तिमा खड्का, निर शाह, अनुराग कुँवरलगायतका कलाकारको अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्