चौका दाउ ट्रेलर: वर्षाको अघि-पछि चार पुरुष



रंगखबर, काठमाडौँ – चार अधबैसे पुरुष र एक युवतीको वरिपरि घुम्ने फिल्म ‘चौका दाउ’को ट्रेलर लन्च भएको छ । ट्रेलरमा सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई, रविन्द्रा झा र वर्षा राउत सर्वाधिक हाइलाइट छन् ।

ट्रेलर हेर्दा यी पाँच पात्रको वरिपरि कथा घुमेको भान हुन्छ । पूर्णत कमेडी फिल्ममा निर्मल शर्मा, अजश्र ढुंगाना र सोनीका केसीको पनि मुख्य भूमिका छ ।

पुर्नेन्दु झा निर्देशित फिल्मलाई शम्भुजित बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् । पुष २७ गते रिलिज हुने फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत/कथा, रोशन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन र अभिमन्यु निरवीको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्